
१ माघ । विश्कै सबैभन्दा ठूलो मेलाका रुपमा चिनिने ‘कुम्भमेला’ आज (मंगलबार) बाट भारतमा सुरु भएको छ । भारतको प्रयागराजमा पहिला शाही स्नान गराएर कुम्भ मेलाको सूरुअात गरिएको हो । यो मेला करिब ४५ दिनसम्म चल्छ ।
मंगलबार बिहान साधु-सन्तहरुले शाही जुलुस निकाल्दै शाही स्नान सुरु गरिएको छ । सबै ठाँउका लागि छुट्टाछुट्टै स्नान समय निर्धारण गरिएको छ ।
मेलामा स्नान गर्न भारतभरि तथा नेपालबाट र अन्य विभिन्न देशबाट तीर्थयात्रीहरु आउने क्रम तीव्र भएकाे छ । बिहान ५:३० बाट सुरु भएको स्नान समय साँझ ४:३० मा सकिनेछ ।

यो अवसरमा पवित्र पौराणिक नदीहरू गङ्गा, यमुना र सरस्वतीको सङ्गममा हिन्दू धर्मावलम्बीहरुकाे ठूलाे घुइँचाे लाग्छ । अाउँदाे फ्रेब्रुअरी ४ का दिनलाई सो सङ्गममा स्नान गर्ने सबैभन्दा उत्तम दिन मानिएको छ ।
यसपालिकाे मेलामा करिब १२ करोड तीर्थयात्रीहरू आउने अपेक्षा गरिएको छ । यो मेला गत वर्ष साउदी अरेबियामा आयोजित विशाल हज तीर्थभन्दा ठूलो हुने जनाइको छ । फ्रेब्रुअरी ४ का दिन दिन मात्रै ३ करोड तीर्थालुहरूले साे संगलस्थलमा स्नान गर्ने अनुमान छ ।

प्रत्येक १२ वर्षमा आयोजना हुने सो कुम्भ मेलाको मिति, अवधि र स्थान ज्याेतिषशास्त्रअनुसार पहिले नै तय गरिएकाे हुन्छ । यसपालीकाे मेलामा अाउने तीर्थयात्रीका लागि निशुल्क खानेबस्ने व्यवस्था समेत मिलाइएकाे छ ।
साे मेला व्यवस्थापनका लागि करिब २८ अर्ब भारतीय रुपैयाँ खर्च गरिने जनाइएकाे छ । मेला भर्न अाउने तीर्थालुहरुकाे सुरक्षाका लागि १ हजारभन्दा बढी सीसीटीभी क्यामेरा राखिएकाे र २४ घण्टा नै निगरानी गरिने बताइएकाे छ । आवश्यक परेमा भीडलाई अन्यत्रै मोड्ने योजनासमेत बनाइएकाे छ ।

मेलाकाे सरसफाइलाइ ध्यानमा राखी १ लाख २२ हजार शौचालय निर्माण गरिएको छ भने करिब २ जना चिकित्सक, १५ सयभन्दा बढी पारामेडिकल र ८० जना आयुर्वेद चिकित्सककाे समेत व्यवस्था गरिएकाे छ ।
न्यूज२४नेपाल अनलाइनबाट



Milan Shrestha । १ माघ २०७५, मंगलवार १०:४९ बजे