सुरक्षा र बाल अधिकार तथा कर्तव्य बिषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न


१० जेठ, नेपालगन्ज (बाँके) । बाँकेको नेपालगन्जमा बालबालिका तथा युवाहरुलाई विद्युतिय अपराध तथा सुरक्षा र बाल अधिकार तथा कर्तव्य बिषयक एक दिने अभिमुखीकरण आज शनिवार सम्पन्न भएको छ ।

एस.ओ.एस.युवालय नेपालगन्जको आयोजनामा नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–२ घरवारी टोल स्थित श्री नेपाल राष्ट्रिय आधारभूत बिद्यालय र जय बागेश्वरी स्कूलबाट ७/७ जना बिद्यार्थीहरु र एस.ओ.एस.अल्टरनेटिभ युथ क्लबका युवा सहभागितामा साइबर अपराध, साइबर सुरक्षा सम्बन्धि अपनाउनु पर्ने सतर्कताहरु सामाजिक सञ्जालमा नचिनेका मानिसहरुको फ्रेन्ड रिस्कवेष्ट एसेप्ट नगर्ने, आफुनो फुसबुक, इन्साग्राम, वाटसाप तथा अन्य यस्तै प्रकृतिका सामाजिक सञ्जलामा बलियो पासवार्ड राख्ने, पासवार्ड कसैलाई नदिने र समय सञ्जाल परिर्वतन गरिरहने, आफूले प्रयोग गर्न मोबाइल फोन ल्यापटाप तथा अन्य यूतै प्रकृतिका बिद्युतीय सामाग्रीमा अनाधिकृत पहुँच हुन नदिने, साइबर अपराध सम्बन्धि उजुरी मुद्दा लगायतको बारेमा राधापुर प्रहरी चौकीका वरिष्ठ प्रहरी निरीक्षक लोकेन्द्र बहादुर कार्कीले सहजीकरण गर्नु भएको थियो ।

दोस्रो सत्रमा एस.ओ.एस.युवालय नेपालगन्जका सहायक निर्देशक लक्षमण कार्कीले बालबालिका तथा युवाहरुको अधिकार बाल दुर्व्यवहारको कानूनी प्रक्रियाको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा एस.ओ.एस.अल्टरनेटिभ युथ क्लबकी पूर्व सचिव सम्झना खडकाले बालबालिका तथा युवाहरुको हक अधिकारसंगै कर्तव्यका बिषयमा प्रस्तुतीकरण गर्नुभएको भयो ।

कार्यक्रममा युवा तथा बालबालिकाको हक  अधिकारसंगै कर्तव्यका बिषयमा अन्तरक्रिया समेत गरिएको थियो । एस.ओ.एस.युवालय नेपालगन्जका सहायक निर्देशक लक्षमण कार्कीद्वारा सञ्चालित युवालययका निर्देशक तुलाराम बिश्वासले समापन कार्यक्रममा धन्यवाद दिदैं नेपालगन्जलाई बाल अधिकार सम्पन्न क्षेत्र बनाउन पहल गरिने र अगामी दिनमा यस किसिमका कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो ।

कार्यक्रममा दुई वटा बिद्यालय र एस.ओ.एस.अल्टरनेटिभ युथ क्लबका गरी ४१ जनाको सहभागिता रहेको एस.ओ.एस.युवालय नेपालगन्जकी नायब निर्देशक मीना तुलाधरले बताएउनुभयो ।