यात्रु बाहक बस दुर्घटना – १५ घाइते


मिलन श्रेष्ठ
९ बैशाख,सुर्खेत

सुर्खेत दैलेख सडक खण्डको कपासेमा बस दुर्घटना हुदा १५ जना घाइते भएका छन् । दैलेख बाट दिउसो १२ः३० बजे काठमाण्डौका लागी छुटेको मध्य पश्चिमाञ्चल यातायात व्यवसायी संघको ना ४ ख ७९०७ नम्बरको यात्रु बाहक बस सांझ ५ः१५मा ब्रेक फेल भई दुर्घटना भएको हो ।

जम्मा ४२ जना यात्रु रहेका बसका घाइतेहरुमध्ये ८ जनालाइ देउती अस्पताल र ७ जनाको माया नर्सिङ्ग होममा उपचार भइरेको र सबै घाईतेहरुको अवस्था सामान्य रहेको ट्राफिक हवल्दार हरीभक्त रोकायले जनाएका छन् ।

दूर्घटना ग्रस्त्र बस ।

घाइतेहरुलार्इ सामान्य उपचारपछी सबै यात्रुहरुलाइ अर्को गाडीको ब्यवस्था गरीगन्तव्यतीर पठाउने तयारी भर्इरहेको मध्य पश्चिम यातायात व्यावसायी संघ का बरिष्ठ इन्चार्ज कृष्ण श्रेष्ठले जानकारी दिएका छन । श्रेष्ठका अनुशार ब्रेक फेल भए पश्चात चालकले उक्त बसलाई सडकको भित्तातिर मोडेर ठुलो दूर्घटना हुन बाट बचाए, यदि उक्त बस सडकको दाहिने तर्फ गएको भए धेरै ठुलो क्षति हुने थियो तर चालकको होशियारीका कारण घटना सामान्य बनेको हो ।

दूर्घटना भएको बसलाई हटाएर बाटो खुलाउदै गरेका मध्यपश्चिमाञ्चल यातायात व्यवसायी संघका कर्मचारीहरु ।