
युवापुस्तामाझ यसरी एकाएक लोकप्रिय हुँदाको अनुभव ?
म संगीतको पारखी हुँ । स्कुल पढ्दा भजन गाउँथें । म सिरियस गीत सुन्थें र हुबहु गाउँथें । तर भविष्यमा यसरी परिचित भइन्छ भन्ने सोचेको थिइन ।
युट्युबमा कसरी झुल्किनुभयो ?
२०१२ तिर कभरसङ्ग लाई युट्युबमा राखें । धेरैले रुचाएपछि क्रमश: गितार लिएँ, गीत गाएँ, खिचें र युट्युबमा हालें ।
कुन कभरसङ्गबाट आफूलाई चिनाउनुभयो ?
उकाली चढौंला, सुन, भन, छिटको गुन्यू, मोहनी लाग्लाजस्ता सदाबहार गीतको कभरसङ्ग राखेपछि धेरैले रुचाए र मेरा युवापुस्ताका प्रशंसकहरू बढ्दै गए ।
कत्तिको व्यस्त हुनुहुन्छ ?
अहिलेको पुस्ता भनेकै युट्युब पुस्ता हो । त्यसैले मेरा हरेक गीत उत्तिकै सुन्छन् र हेर्छन् । त्यसैले अहिले स्टेज शोका लागि पनि धेरै अफर आएका छन् । अत: म अहिले निकै व्यस्त छु ।
कस्ता प्रशंसकहरू बढी छन् ?
युवाहरू नै बढी छन् । त्यसमा पुरुष र महिला बराबरी छन् ।
आफ्ना गीतहरू पनि हिट बनाउनुपर्छ जस्तो लाग्दैन ?
पक्कै पनि आफ्नो सिर्जना त चाहिन्छ । यसरी कभरसँग मात्र गाएर त हुँदैन । आफ्ना गीतहरू पनि बनाइरहेको छु । भविष्यमा आफ्नै हिट गीतहरूमार्फत पनि मेरो परिचय बन्नेछ ।
नारीअनलाइनबाट
Milan Shrestha । १० बैशाख २०७५, सोमबार ०१:४२ बजे