
२७ भाद्र, सुर्खेत । यसपटको तिज गितमा विशाल राष्ट्रिय म्युजिक तिज गित अवार्ड २०८० बाट सुर्खेत दुई श्रष्टाले विजयी हासिल गरेकाछन् ।
सुर्खेती कलाकार धर्मराज गिरी एवं कुमार कार्की विजयीहुनभएको हो । धर्मराज गिरीले उत्कृष्ट तिज गीत लय संकलनमा (बैसालु उमेर नाच्दिन्छु घुमेर) र कुमार कार्कीले उत्कृष्ट शब्द संकलनमा (सम्झेर माईतीकाे आँगन) विजयी हासिल गर्नुभएको छ । धर्मराज गिरी पूराना सुर्खेती कलाकार हुनुहुन्छ भने कुमार कार्की नवउदयीमान सुर्खेती कलाकार हुनहुन्छ ।
धर्मराज गिरीको बैशालु उमेर बोलको गितमा स्वर टिका पुनको रहेको छ भने शब्द संगित धर्मराज गिरी तथा गितको ऐरेन्जर झलक संगितमले गर्नुभएको छ । त्यस्तै कुमार कार्कीको सम्झेर माइती आँगनमा स्वर टिका पुन र कवीराज गिरीको संगितमा ऐरेन्जर झलक संगितमको रहेको छ ।



Prawash Kumar Shakya । २७ भाद्र २०८०, बुधबार १९:२४ बजे