सिक्टा सिंचाईको निरिक्षण गर्न प्रधानमन्त्री दाहाल बाँकेमा


prachanda4१५ असोज, नेपालगञ्ज । राष्ट्रिय गौरवका आयोजना र राष्ट्रिय महत्व राख्ने ठूला आयोजनाको निरीक्षण गर्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले आज बाँकेको अगैयामा निर्माणधिन सिक्टा सिचाइ आयोजनाको निरिक्षण गर्नुभएको छ ।

निरिक्षणका क्रममा प्रधानमन्त्री दाहालले सिक्टा सिचाइ आफ्नै लगानी तथा प्राविधिक स्वामित्वमा रहेको आयोजना
भएको बताउनुभयो । ४७ प्रतिशतका काम सम्पन्न भै सकेको र बाँकि काम समयभन्दा अगाडि सम्पन्न उहाँ निर्देशन पनि दिनुभयो  ।sss

नराम्रोका लागि होइन, राम्रोका लागि प्रतिस्पर्धा गरौं भन्दै प्रधानमन्त्री दाहालले  सरकार छिटो र गुणस्तरीय काम गर्ने कर्मचारीहरुलाई पुरस्कृत गर्न बताउदै गुणस्तरीय रुपमा, जनतासँग समन्वय गरेर छिटो काम  गर्न निर्देशन पनि दिनुभयो ।

१० वर्षदेखि निर्माणाधिन अवस्थामा रहेको सिक्टा सिचाइले ४२००० हेक्टर जमिन सिंचाई गर्ने क्षमता रहेको जनाइएको छ