११ बैशाख, सुर्खेत । नेपाल तरुण दल सुर्खेतको आतिथ्यतामा यही बैशाख ३० र ३१ गते “प्रशिक्षित तरुण,अनुशासित तरुण, संगठित तरुण” भन्ने मुल नाराका साथ प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रम हुने भएको छ ।

आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले यस्तो जानकारी दिनुभएको हो ।
प्रशिक्षण कार्यक्रमको अर्थ संकलनकालागि तरुण दल सुर्खेत बैशाख २१ गते विपी कोइरालाको उपन्यासमा आधारित नेपाली कथानक चलचित तीन घुम्तीको विषेश प्रदर्शनी गर्ने भएको छ । प्रदर्शनीमा उक्त चलचित्रका नायक सुशान्त कार्की लगाएत अन्य राष्ट्रिय कलाकारहरुको पनि जमघट रहने अध्यक्ष विष्टले बताउनुभयो ।
कर्णाली प्रदेशका करिब २५० जना तरुणहरु सहभागी हुने प्रशिक्षण कार्यक्रमलाई चर्चित प्रशिक्षक महेश दाहालले प्रशिक्षण दिने अध्यक्ष विष्टले जानकारी दिनुभयो ।
सुर्खेतको पर्यटकिय स्थल गोठीकाँडमा हुने सम्पन्न हुने प्रशिक्षण कार्यक्रममा केन्द्रिय स्तरका नेताहरुको सहभागिता रहने अध्यक्ष विष्टले बताउनुभयो ।



Milan Shrestha । ११ बैशाख २०७५, मंगलवार १५:०४ बजे