१२ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था तथ कृषि सहकारी मन्त्री विमला केसीले आरोप प्रत्यारोप टिकाटिप्पणी सरकारकालागि सामान्य विषय भएको बताउनुभएको छ ।
सञ्चार क्लब नेपालको अनलाईन टिभी संस्करण टेवल टक कार्यक्रममा मन्त्री केसीले यस्तो बताउनुभएको हो । गल्ती नगरे पछिका आएका टिकाटिप्पणीको कुनै काम नभएको मन्त्री केसीले बताउनुभएको छ ।
केही दिन अगाडी एक अनलाइनपत्रिकामा समाचार प्रकाशित भएपछि रोकिएको कृषि व्यवसाय प्रवर्धन कार्यक्रममा पहुँचका आधारमा कसैलाई पनि अनुदान नदिएको मन्त्री केसीले कार्यक्रममा दावी गर्नुभयो ।
आफूले घाइते अपाङ्ग द्वन्दपिडित लगाएतका राज्यको पहुँच नपुगेका महिलाहरुको लागि तथा विदेशबाट फर्केका यूवा हरुलाई केन्द्रित गरेर कृषि अनुदान कार्यक्रम ल्याएको मन्त्री केसीले बताउनुभयो ।
मन्त्री केसीले आफूले भ्रष्टाचार नगरेको कारणले आफू संगै नैतिक बल भएको बताउँदै यदी कसैले भ्रष्टाचार गरेको प्रमाण देखाइदिए आफू सजाय भोग्न तयार रहेको कार्यक्रममा बताउनुभयो ।
सरकारले आफ्नो क्षमताले सके सम्म कोरोना भाइरसको नियन्त्रण एव रोकथामको लागेको मन्त्री केसीले जिकिर गर्नुभयो । उहाँले भन्नुभयो । “कर्णाली सरकारको अहिलेको बजेट रोग र भोकमा केन्द्रित रहेको छ ।”
मन्त्री केसीले तीनै तहका सरकारहरुले मिलेर पिसिआर परिक्षणको दायरा, आइशोलेशन वार्ड बढाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “महिलाहरुकालागि सुरक्षित क्वारेन्टाइन बनाउन समेत छलफलको शुरुवात गरिएको छ ।”



Prawash Kumar Shakya । १२ असार २०७७, शुक्रबार १५:१७ बजे