
४ साउन, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा नेपालको एक मात्र संरक्षित वन वीरेन्द्रनगर ९ सुर्खेतमा काँक्रेविहार रहेको छ । त्यती मात्र होइन यही वडामा ऐतिहासिक शिव मन्दिर पनि छ । यही कारणले पनि यो वडा नगरपालिकाको पर्यटकिय वडा पनि मानिन्छ ।
वीरेन्द्रनगरको काँक्रेविहार एवं ऐतिहासिक शिव मन्दिर जाने मंगलगढी देखि काँक्रेविहार र शिव मन्दिर बाटोको अवस्था हेर्दा भने फेरी पर्यटक फर्केर नआउने बताउँछन् । जताततै बाटोहरुमा खाल्डाखुल्डी छन् । त्यतीमात्र नभएर अहिले यो बाटो अहिले दिनप्रतिदिन व्यस्त भैरहेको छ ।
स्थानीय लक्ष्मण वली भन्नुहुन्छ “विहानको समयमा विद्यालयका बस, टिप्पर र स्थानीयको सवारी साधन तथा अटो (टेम्पो) ले यो बाटो पुरै व्यस्त हुने गरेको छ । बाटो खराब भएको ले निक्कै सास्ती भोग्नु परिहेको छ ।”
यस्तै अर्का स्थानीय पूर्णबहादुर विसी भन्नुहुन्छ “बाटो बन्ने भयो भनेर नगरपालिकाले तोकेको बाटो मापदण्ड अनुसार २५ मिटर भित्र बनेका संरचनाहरु हटाइयो तर अहिले बाटो बन्ने कुनै छाँट देखिएको छैन ।

यो बाटो बनाउनकालागि स्थानीय सरकार र प्रदेश सरकारले ठेक्का आव्हान गर्यो तर टुक्रे ठेक्का भएको जानकारहरुले बताएका छन् । तर बाटो बन्नेमा भने कुनै छनक भने देखिएको छैन् ।
स्थानीय निर्वाचन भन्दा अगाडी यो बाटो मर्मतमा असारे विकास हुने गरेको थियो तर अहिले यो बाटो राष्ट्रिय योजनामा भएकोले त्यही असारे विकासले समेत यो बाटोलाई छोएन ।
वीरेन्द्रनगर ९ का वडा अध्यक्ष सुरेश मानन्धर “हाल बाटोमा रहेका खाल्डाखुल्डीलाई पुरेर रोलर लगाएर केही सयमलाई हिडडुल गर्नलाई सहज बनाउन आफू लागि परेको बताउनुहुन्छ ।
यता नगरपालिकाबाट माटो फिलिङ्ग र वाल बनाउने ठेक्का पाएका आशिष हाम्रो जेभीका खगेन्द्रविक्रम राणाले आफूले यो बर्षामा काम गर्दा बाटोमा झनै समस्या हुने हुँदा भाद्रको दोश्रो साताबाट काम शुरु गर्ने बताउनुभयो ।



Milan Shrestha । ४ श्रावण २०७६, शनिबार १३:४३ बजे