एकता भाँड्न विदेशी शक्ति केन्द्र लागे : दाहाल


रौतहट — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकता भाँड्न विदेशी शक्ति केन्द्र पनि उत्तिकै रुपमा लागेको भन्दै एकता प्रक्रियाको अन्तिम लडाईंमा आफ्ना ठाँउबाट उत्रन कार्यकर्तालाई आव्हान गरेका छन् ।

रौतहटको चन्द्रपुरमा बिहीबार आयोजित पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममादाहाललेवाम एकता जनताबाट अनुमोदित विषय भएकाले यसमा बिलम्ब गर्नु नहुने बताए।
‘अहिले सिंगो देशले एकता चाहेको छ, हामीलाई सम्मानित, न्यायोचित र समानताका आधारमा एकता गर्न सक्छौं कि सक्दैनौं भन्ने चुनौती पनि छ,’ उनले भने।
पार्टी एकता लामो समयको अभ्यासको परिणाम भएको भन्दै उनले एकताको विषय सजिलो नभएको बताए। ‘कम्युनिष्टहरुबीच एकता गर्ने विषयमा मदन भण्डारीसँग त्यतिबेला छलफल गर्ने कुरा भएको थियो, तर उहाँको बीचमै हत्या भयो,’ दाहालले भने।
शुक्रबार दुवै पार्टीका कार्यदलले बुझाएका पार्टी एकता सम्बन्धी दस्तावेजलाई छलफल गरी अन्तिम रुप दिने दाहालले बताए। कान्तिपुर अनलाइन बाट