बैसाख १३, सुर्खेत ।
कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद वैठकले तिन बुँदे निर्णय गरेको छ । बिहिबार सम्पन्न बैठकले आर्थिक वर्ष २०७४÷०७५को सेवा र कार्यहरुको लाथि प्रदेश संचित कोषवाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्वन्धमा व्यवस्था गर्न बनेको विनियोजन विधेयक २०७५ को मस्यौदा प्रदेश सभामा पेश गर्न आन्तरीक मामिला तथा योजना मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको छ ।
सम्पन्न बैठकले प्रदेश स्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण (कार्यवीधि) सम्वन्धि विधेयक २०७५ को मस्यौदा स्वीकृत गरि प्रदेश सभामा पेश गर्न आन्तरीक मामिला तथा योजना मन्त्रालयलाई सहमति दिने तथा कर्णाली प्रदेशका गाँउसभा र नगरसभाको कानून निर्माण प्रक्रिया सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक २०७५ को मस्यौदा स्वीकृत गरि प्रदेश सभामा पेश गर्न आन्तरीक मामिला तथा योजना मन्त्रालयलाई सहमति दिने निर्णय गरेको जनाइएको छ ।



Milan Shrestha । १३ बैशाख २०७५, बिहीबार ०७:४२ बजे