मप विश्वविद्यालय र कानुन मन्त्रालय वीच सम्झौता


३१ बैशाख, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा स्थापित मध्य-पश्चिमाञ्चल विश्वविद्यालय र कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय विच स्नातकोत्तर पत्रकारिता छात्रवृत्ति कार्यक्रम सन्चालनका लागि सम्झौता सम्पन्न भएको छ ।

सम्झौताका लागि विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंह तथा कानुन मन्त्रालयतर्फवाट मन्त्री नरेश भण्डारीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

छात्रवृत्ति कार्यक्रम अन्तर्गत, निश्चित मापदण्ड पुरा गरे पश्चात पत्रकारिता र आमसंचार विषयमा स्नातकोत्तर तहमा अध्ययनरत ५ जना विद्यार्थीले जनही १ लाखका दरले छात्रवृत्ति रकम प्राप्त गर्ने सम्झौतामा उल्लेख छ । त्यस्तै यो योजनाले विश्वविद्यालयमा गरीब, जेहेन्दार तथा उत्कृष्ट विद्यार्थीले पत्रकारिता अध्ययन गर्नमा टेवा पुग्ने आशा राखिएको छ ।

कार्यक्रममा मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादवको उपस्थिति रहेको थियो ।