बिभिन्न निर्णय गर्दै मन्त्रीपरिषद बैठक सम्पन्न


श्राबण २७, सुर्खेत ।

कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद वैठक बिभिन्ना निर्णय गर्दै सम्पन्न भएको छ ।

सरकाले जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २०७४ श्रावण ३ गते भएको घटनाको सम्वन्धमा सत्यतथ्य पत्ता लगाउन ३ सदस्यीय कार्यदल निर्माण गर्ने निर्णय गरेको छ । एकहप्ताभित्र प्रतिवेदन पेश गर्ने गरि कार्यादेश दिदै मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव कलानिधि पौडेलको संयोजकत्वमा समिति निर्माण गरेको छ । समितिमा भक्तवहादुर कार्की — सदस्य (उपसचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव भक्तबहादुर कार्की, समाजिक विकास मन्त्रालयस्वास्थ्य महाशाखा प्रमुख बृषबहादुर शाही सदस्य रहेका छन् ।

बैठकले प्रदेश सरकारको दिर्घकालीन संचालन र व्यवस्थापनका लागि स्थायी रुपमा भौतिक पुर्वाधारहरु निर्माण गर्न उपयुक्त जग्गा खोजि गरि कार्यप्रारम्भ गरेको १५ दिन भित्र सिफारिश गर्न भौतिक पुर्वाधार मन्त्रालयलाई जिम्मेवारी दिने, सवै जिल्लाहरुमा खारेज भएका कार्यालय भवन र जमिन प्रदेश सरकारको मातहतमा दिन केन्द्र सरकारलाई अनुरोध गर्ने, डोल्पा जिल्लाको मुड्केचुला गाँउपालिकाको नाम र केन्द्रमा असहमत भई भुगोल छानवीन गरि केन्द्र कायम गर्न माग गरिएको निवेदनको सम्वन्धमा उक्त विषयलाई आवश्यक छानविनका लागि मन्त्रीपरिषदको राजनैतिक समितिमा पठाउने निर्णय गरेको भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री एवं प्रवक्ता विमला केसीले दिएको जानकारी दिनुभएको छ ।