
१४ मंसीर, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर ९ पातालगंगा सुर्खेतमा आजबाट चप्पल उद्योग संचालनमा आएको छ ।
करिव ७ लाखको लागतमा वीरेन्द्रनगर ९ का अमरबहादुर खड्काले खड्का फूटवेर नामको चप्पल उद्योगको संचालनमा ल्याउनुभएको हो ।
उद्योगको शुभारम्भ गर्दै वडा नं ९ का अध्यक्ष सुरेश मानन्धरले “अहिलेको समयमा धेरै यूवा शक्ति रोजगारकालागि वैदेशिक रोजगारीमा जाने बृद्धि भैरहेको अवस्थामा यूवा शक्तिले नै उद्योग खोलेर केही काम गर्न सकिन्छ भन्ने उदाहरणिय काममा गर्नुभएकोमा यो कार्यमा वडाले पनि सक्दो सहयोग गर्ने बताउनुभयो ।
त्यस्तै शुभारम्भ कार्यक्रममा वडा नं १० का वडा अध्यक्ष रत्नबहादुर बुढाले “वेरोजगार यूवाहरुलाई विदेशिनबाट रोक्नकालागि स्थानीय सरकारले विभिन्न रोजगार मुलक योजनाहरु ल्याउनु पर्ने र त्यसकालागि आफूले वडाबाट रोजगारी दिनकालागि कार्यक्रम तर्जुमा गर्ने रहेको बताउनुभयो ।
उद्योगी खड्का यस भन्दा अघि १० बर्ष सम्म वैदेशिक रोजगारमा हुनुहुन्थ्यो । वैदेशिक रोजगारबाट मन आतिएपछि स्वदेशमा नै केही गर्ने उद्देश्यले इन्टरनेटमा उद्योगहरुकाबारेमा खोज्दै जादा चप्पल उद्योगमा मन तानिएपछि यो उद्योगको शुरुवात गरेको खड्काले बताउनुभयो ।
उद्योग संचालन संग अहिले आफूसहित ३ जना रोजगारमा रहेको बताउँदै चाँडैनै उद्योगलाई बृहदरुपमा लैजाने उद्योगी खड्काले बताउनुभयो ।




Prawash Kumar Shakya । १४ मंसिर २०७५, शुक्रबार १२:२२ बजे