अविरल ढकाल,
वैशाख १३, जुम्ला ।
कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो रारा । यो ताल समुन्द्रि सतहदेखि २ हजार, ९ सय, ७२ मिटर उचाईंमा अवस्थित छ । जिल्लाको सदरमुकाम गमगढीबाट परिश्चम तर्फ करीब ३ घण्टाको पैदल यात्रा गरेपछि राराताल पुगिन्छ । १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको अधिकतम लम्वाई ५ किलोमिटर र अधिकतम चौडाई ३.२ किलोमिटर छ भने गहिराई १ सय ६७ मिटर छ । प्रकृतिको उपहारको रूपमा श्रृजित राराताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली यसमा पाइने कस्तुरी, रतुवा जस्ता वन्यजन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरूले समेत थप शोभा पुर्याएका छन् । यसको वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १ सय ६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
कर्णाली प्रदेशको मुख्य पर्यटकिय स्थल मुगुमा अवस्थित रारा ताललाई अवलोकन गर्नको लागि पर्यटकहरुले घोडा चडेर रारा ताल वरिपरि घुमफिर गर्न थालेका छन् । मुगुको पर्यटकिय केन्द्र रारा तालमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षण बढेपछि ताल वरिपरी घुमफिरका लागि पछिल्लो समयमा घोडा चढाएर घुमाउने व्यवसाय फस्टाउन थालेको छ । व्यवसाय फस्टाउँदैं गएपछि मुगुको छायानाँथ रारा नगरपालिका ८ झ्यारी र ९ मुर्मा गाँउका प्रत्येक घरले घोडा पालन व्यवसाय गरेका छन् ।

मुगुका घोडा व्यवसायिहरुले ताल्चा विमानस्थल देखि रारा तालको हुटु ब्यारेक सम्म २ हजार देखी २५ सय सम्म र हुटु ब्यारेक देखीमुर्मा टप सम्म २ हजार, रारा तालको वरीपरी घोडा बाट घुमाए पछि २५ सय सेवा शुल्क लिने गरेका छन् । घोडा चढाएर आन्तरिक तथा बाह्य पर्यटक घुमाउँदा ३० देखि ४० हजार मासिक आम्दानी हुने गरेको छायानाँथ रारा नगरपालिका वडा नम्बर ८ का स्थानीयवासी हरि रावलले बताउनु भयो ।
प्रदेश सरकारले “कर्णाली रारा पर्यटन वर्ष २०७५” वर्ष मनाउने घोषण गरे पछि स्वर्गकी अप्सरा रारा तालमा आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि भएको छ । प्रत्येक दिन १ सय देखि १ सय ५० जना पर्यटक रारालाई नजिक बाट अवलोकन गर्ने गरेका छन् । रारा तालमा पर्यटकको ओइरो लाग्न थाल्दा जुम्ला र मुगुका स्थानियकोे आर्य आर्जनमा समेत वृद्धि भएको छ ।

रारातालमा आउने पर्यटकको लागि पर्यटकले खोजेको जस्तो सुविधा सम्पन्न होटलहरु नहुँदा पर्यटकलाई खान र बास बस्नको लागि असुविधा भएको छ । प्रदेश सरकारले यस वर्षमा मात्र रारामा ३ लाख पर्यटक भित्राउने लक्ष्य लिएको छ । रारामा भौतिक पूर्वाधारको अभावका कारणले आएका पर्यटकलाई व्यवस्थापन गर्नमा चुनौती भएको छ । रारालाई विश्व सामु चिनाउनको लागि पनि प्रदेश सरकार र स्थानिय सरकारले राराको विकासमा ध्यान दिनु पर्ने वेला भएको छ ।
रारामा पुग्ने पर्यटकले एक पटक भए पनि मुर्माटप बाट राराको पुरै दृश्य अवलोकन गर्नु पर्ने हुन्छ । रारालाई चारैतिर बाट जंगलले घेरेको र बीचमा कचौँरा आकारमा फौलिएको रारालाई मुर्माटप बाट हेर्दा भूस्वर्ग नै लाग्छ । त्यहाँ पुग्ने प्रत्येक व्यक्तिले आफु स्वर्ग नै पुगेको अनुभुति गरेको बताउर्दै आएका छन् । साथै अपि, सैपाल, कान्जिरोवा, सिस्ने, कोइकि हिमाल लगाएत अन्य विभिन्न ठाउँहरुको दृश्य अवलोकन गर्न सकिन्छ । राराको मुर्मा टपमा पहिलो पटक साहसिक प्याराग्लाइडिङ् शुरु कार्य भइसकेको छ । नेपालको सवै भन्दा प्याराग्लाइडिङ् उडान गर्नको लागि सजिलो स्थानका रुपमा रहेको छ ।
रारामा नियमित प्याराग्लाइडिङ्का लागि त्यहाँ भएको भौतिक संरचनालाई विकास गर्नु पर्ने आजको टकारो अवश्यकता भएको यूवा पर्यटन व्यवसायी एवं पर्यटन अभियानता देबिकृष्ण रोकाया बताउनु हुन्छ । समृद्ध कर्णाली प्रदेश निर्माणका लागि अव स्थानिय नागरिकहरु लाभान्वित हुने गरि पूर्वाधार तयार गर्नु पर्ने रोकायाको भनाई छ ।
कर्णाली प्रदेशको पर्यटन क्षेत्रमा धेरै सम्भावना बोकेको भएकाले बिभिन्न साहशिक खेल पर्यटनको विकास गरि कर्णाली रारा पर्यटन वर्षलाई सफल बनाउनु पर्ने लामो समय देखि पर्यटन क्षेत्रमा काम गर्दै आएका ललितजङ् महतको सुझाव छ । मुर्मा टप समुन्द्र सतह देखि ३ हजार, ८ सय मिटरको उचाईमा रहेको छ ।




Milan Shrestha । १३ बैशाख २०७५, बिहीबार ०८:०३ बजे