कानून मन्त्रीको जिसीको दावीः नेपालगन्जमा रहेका कर्णालीका प्रहरी निकाय आफ्नै प्रदेशमा ल्याइने


तस्वीरः फेसबुकबाट

१६ माघ, नेपालगन्ज । कर्णालीका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण जिसीले (जितेन्द्र) ले नेपालगन्जमा रहेका कर्णाली प्रदेशका प्रहरी कार्यालयहरुको अनुगमन गर्नुभएको छ ।

मन्त्री जिसीले सोमबार कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, सघीय प्रहरी ईकाई कार्यालय र विशेष सुरक्षा गणको अनुगमन गर्नुभएको हो । निरीक्षण तथा अनुगमनका क्रममा मन्त्री जीसीले प्रहरी अधिकारीहरुलाई संविधानको दायरामा रहेर नागरिकले महसुस गर्ने गरी शान्ति सुरक्षा कायम गर्न निर्देशन दिँदै मन्त्री जिसीले प्रदेश सरकारले जनताको सुरक्षाका लागि कर्णाली प्रदेश भरि विशेष सुरक्षा योजना बनाउन थालेको जानकारी दिनुभयो ।

अनुगमनका क्रममा नेपालगन्जमा रहेका प्रहरी कार्यालयहरुलाई स्थान्तरण गर्ने तयारी भैरहेको मन्त्री जिसीले बताउनुभयो । यसै आर्थिक वर्षमा नेपालगन्जमा रहेका कर्णालीका सबै प्रहरीका कार्यालयहरु सार्ने योजनामा रहेको मन्त्री जिसीको भनाई थियो । मन्त्री सँगै अनुगमनमा रहनुभएका कर्णाली प्रदेश प्रहरी प्रमुख डिआईजी भिम प्रसाद ढकालले पनि प्रदेश स्तरिय सुरक्षा योजना बनाउने र सोही योजना अनुरुप प्रदेश बाहिर रहेका प्रहरीका सबै निकाय कर्णालीमा ल्याउने बताउनुभयो ।

तस्वीरः फेसबुकबाट