१५ चैत्र, काठमाडौं- दुई केजी कोकिन सहित ठमेलबाट दुई विदेशी पक्राउ परेका छन्। पक्राउ पर्नेमा दक्षिण अफ्रिकी माथोनी मस्ने र भारतीय मेर्सी रहेका छन्। बरामद कोकिनको अन्तराष्ट्रिय बजार मुल्य २७ करोड नेपाली रुयैयाँ पर्छ। उनीहरुलाई लागुऔषध निषन्त्रण ब्युरोले पक्राउ परेको हो। उनीहरुले स्याम्फुको बट्टामा कोकिनलाई झोल बनाएर लुकाएर दिल्ली हुँदै नेदरल्यान्ड लैजाने प्रयास गरेका थिए। उनीहरुले सो परिमाणको कोकिन दक्षिण अफ्रिकाबाट नेपाल ल्याएका थिए।



Milan Shrestha । १५ चैत्र २०७२, सोमबार ०९:१४ बजे