कोरोनाका १० नयाँ संक्रमित भेटिए


२९ वैशाख, सुर्खेत । आज सोमबार नेपालमा कोरोना भाइरस (कोभिड-१९)का थप १० जनामा संक्रमणको पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार  कपिलवस्तुमा १० नयाँ संक्रमित फेला परेका हुन् ।

संक्रमितहरुको उमेर १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ र उमेर नखुलेको १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिनुभएको छ ।