कर्णाली प्रदेश सरकारको बजेट पारित


बैसाख १६, सुर्खेत ।

कर्णाली प्रदेश सरकारले पेश गरेको आर्थिक वर्ष २०७४÷०७५ को बजेट सर्बसम्मतबाट पारीत गरेको छ । कर्णाली प्रदेश सरकारले सेवा र कार्यहरुको लागि प्रदेश संचित कोषवाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्वन्धमा व्यवस्था गर्न वनेको विनियोजन विधेयक २०७५ प्रदेश सभाले पारित गरेको हो ।

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वलाले सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिएपछि प्रदेश सभाले सर्वसम्मतिवाट विधेयक पास गरेको हो ।

यसैगरी आजको प्रदेश सभा वैठकमा आर्थिक मामिला तथा योजना मन्त्री ज्वालाले कर्णाली प्रदेश आकस्मीक कोष विधेयक २०७५ को मस्यौदा प्रस्तुत् गर्नुभएको छ । आर्थिक विधेयक पारित भएको लगत्तै मन्त्री ज्वालाले अर्को विधेयक टेवल गर्नुभएको हो ।

प्रदेश सभाको अर्को वैठक वैशाख १८ गते १ वजेका लागि तोकिएको छ ।