मिलन श्रेष्ठ
२० जेठ, दैलेख । विश्वव्यापी फैलिरहेको कोरोना भाइरस कोभिड १९ को महामारीले देश लकडाउनमा रहेको वेला डिप्रोक्स लघुबित्त संस्थाको सहकार्यमा डुङ्गेश्वर गाउँपालिका वडा नं १ चुप्राको त्रिवेणी संगम माविमा रहनु भएका ब्यक्तिहरुलाई खाद्यान्न सहयोग गरेको छ ।
डुङ्गेश्वर गाउँपालिका वडा नं १ का वडा अध्यक्ष लोकबहादुर डागीका अनुशार भारतको विभिन्न स्थानबाट आएर चुप्रा स्थीत संगम माविमा रहनु भएको ९७ जना व्यक्तिहरुलाई संस्थाले रु २० हजार बराबरको खाद्यान्न सहयोग छ भने यस अघि पनि लायन्स लायन्स क्लब अफ दैलेखद्धारा खाना भारतका विभिन्न स्थानबाट आउनु भएका करिब १ हजार भन्दा बढी यात्रु, पैदल यात्री र बटुवालाई खाना खुवाई सकेको छ ।
डिप्रोक्स लघुबित्तद्धारा संस्थाले क्वारेन्टाईनमा रहनु भएका लाई दाल, चामल, नुन, तेल लगाएत विभिन्न खाद्य सहयोग गरेको हो भने दोस्रो चरणको लकडाउन शुरु भए संगै उक्त क्वारेन्टाईनमा ७ जना महिला र ९० जम्म पुरुष गरी ९७ जना व्यक्तिहरु रहदै आउनु भएको छ ।



Milan Shrestha । २० जेष्ठ २०७७, मंगलवार १८:३३ बजे