बैसाख १६, सुर्खेत ।
रिपोर्टर्स क्लब नेपालको कर्णाली प्रदेशले आज पूर्णता पाएको छ । प्रदेश संयोजक लंक धमालाको अध्यक्षतामा सम्पन्न भेलाले पदाधिकारीको टुंगो लगाएको हो ।
केन्द्रले संयोजक तोकेर पठाएपनि सहसंयोजकमा शेरबहादुर थापा, सचिवमा चाँदनी केसी, सहसचिवमा यज्ञ खत्रि, कोषाध्यक्षमा राधिका बुढा, सदस्यहरुमा राम बि शाम, देब राना, अप्सरा बिष्ट, नरजन तामागं, लक्ष्यबहादुर सुनार र सिता वली सदस्य रहेको समितिको चयन गरेको हो ।
सम्पन्न भेलाले दैनिक रुपमा साक्षात्कार कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको सचिव चाँदनी केसीले जानकारी दिनुभएको छ ।



Milan Shrestha । १६ बैशाख २०७५, आईतवार ११:१४ बजे