१ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८–७९ का लागि ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रुपैयाँको बजेट ल्याएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले प्रदेशसभामा पेश गरेको बजेट वक्तव्य अनुसार पुँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार रुपैयाँ विनियोजन गरिएको छ । यो बजेट चालु आर्थिक वर्षको बजेट भन्दा झण्डै ३ अर्ब रुपैयाँले बढी हो ।



Prawash Kumar Shakya । १ असार २०७८, मंगलवार २०:५२ बजे