भेरीगंगाको छिन्चुमा क्वारेन्टाइन निर्माण (भिडियोसहित)


१५ चैत्र, सुर्खेत । भेरीगंगा नगरपालिका छिन्चु सुर्खेतले कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रणका लागि करिब दुई दर्जन व्यक्तिहरुलाई व्यवस्थापन हुन सक्ने गरी स्थानीय शारदा मावि छिन्चुमा क्वारेन्टाइन निर्माण गरेको छ ।

कोरोना भाइरस बाट सुरक्षित रहनकालागि क्वारेन्टाइनका लागि ढिलै भए पनि सबैजना लागिपरेर विद्यालयका ३ वटा कोठालाई क्वारेन्टाइन बनाइएको भेरीगंगा नगरपालिकाका उपप्रमुख रेणु आचार्यले जानकारी दिनुभयो ।

यस जाेखिमपूर्ण समयमा स्थानीय सरकारकाे स्राेत, साधन र सामर्थ्यले भ्याए सम्म भेरिगंगा नगरपालिकाका सम्पूर्ण नागरिकलाई निरास हुन नदिने बताउँदै उपप्रमुख आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, यस जाेखिमपुर्ण समयमा सरकारले मात्र सबै काम गर्न सक्ने बरु त्यस भन्दा बढी जिम्मेवारी हामी सबै नागरिककाे रहेकाे छ तसर्थ आफ्नाे जिम्मेवारी महशुस गरि आफु र अरुलाई काेराेनाकाे संक्रमण हुनबाट जाेगाऔं, साथै यस कार्यमा अपनत्व देखाइ लागि पर्नु हुने सम्पुर्ण सहयाेगी हातहरु प्रति हार्दिक आभार तथा धन्यवाद गर्दछु ।

यसैवीच उद्योग बाणिज्य संघ भेरीगंगाले भेरीगंगा नगरपालिका संगको सहकार्यमा आज छिन्चु बजारमा क्लोरिन झोल ६ हजार लिटर स्प्रे गरिएको र त्यस्तै भोली रामघाट र जहरे बजारमा ५/५ हजार क्लोरिन झोल छर्कने उद्योग बाणिज्य संघ भेरीगंगाका अध्यक्ष सोमराज ढकालले बताउनुभयो । उहाँले भन्नुभयो “हामी अहिलेको महामारी रोकथामकालागि नगरपालिका संग सहकार्य गरेर लागिपरेका छौ । यस्तो समयमा सबैले सहयोग गर्नुहुन अनुरोध पनि गर्दछु ।”