
२३ बैशाख, सुर्खेत । कोरोना भाइरस कोभिड १९ को संक्रमण दोश्रो चरणमा तिब्रगतीमा बढी रहँदा अक्सिजन सिलिण्डरको अभाव हुँदै गर्दा प्रदेश अस्पतालमा शुरु भएको अक्सिजन प्लाण्टले धेरै राहत भएको डा. नवराज केसीले बताउनुभएको छ ।
डा. केसीले सुर्खेती कोभिड १९ सेल्फ हेल्प समूहले संकलन गरेको रकमहरुलाई अक्सिजन सिलिण्डर ओसारपसारमा पनि खर्च गर्न अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो । सिलिण्डर ढुवानीकर्ताले थोरै सिलिण्डर ढुवानी गर्न गाह्रो हुने भएकोले त्यस तर्फ काम गर्न अभियानलाई अनुरोध गर्दछु ।
प्रदेश अस्पतालमा अस्पतालमा अहिले सञ्चालन भैरहेको अक्सिजन प्लाण्टले धेरैको ज्यान बचाइरहेको छ । यदी प्लाण्ट सञ्चालन हुन नसकेको भए धेरैको ज्यान जाने थियो । डा. केसी भन्नुहुन्छ । समाचारहरुमा भारतको दुरदशाले हामी सबैको दिमागमा डेरा जमाएकोले पनि यस्तो परिस्थिति आएको हो ।
यसैवीच आज पनि सुर्खेती कोभिड १९ सेल्फ हेल्प समूहले प्रदेश अस्पताल सुर्खेतमा कोरोना संक्रमिमत संक्रमितका कुरुवा र स्वास्थ्यकर्मीहरुलाई पोसिलो झोलिलो खाजा खुवाएको डा. केसीले जानकारी दिनुभयो ।
Prawash Kumar Shakya । २३ बैशाख २०७८, बिहीबार २१:४५ बजे