लकडाउनमा रक्तदान कार्यक्रम, ४१ पिन्ट संकलन


कुमार शम्सेर थापा

२८ चैत्र, सुर्खेत । अनेरास्ववियू सुर्खेतले आज मध्यश्चिमाञ्चल विश्वविद्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

प्रदेश अस्पतालमा रगतको आभाव देखिएकोले हामीले अभाव हुन नदिनकालागि रक्तदान कार्यक्रमको आयोजना गरेका हौ । अनेरास्ववियू क्याम्पस समितिका अध्यक्ष निकुञ्ज पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो । यूवा शक्ति एकजुट भयो भने असम्भव भन्ने केही छैन भन्ने शब्दलाई आजको कार्यक्रमले चरितार्थ पारेको छ । यस्तो लकडाउनको वेलामा पनि हामीले कार्यक्रममा ४१ पिन्ट रगत संकलन गर्न सफल भएका छौ । यस्कालागि सम्पूर्ण विद्यार्थीहरुलाई धन्यवाद ।

यता लकडाउनले रगतको अभाव भएको वेला अनेरास्ववियूले गरेको रक्तदानबाट धेरै नै राहत हुने नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्रका प्राविधिक दिपेन्द्र केसीले बताउनुभयो । उहाँका अनुसार अहिले विषेश गरेर मृगौला डायलासिसका विरामी र गर्भवती महिला बढी रगत चाहिने गरेको छ ।