आठ महिना धाँनिदै उत्पादित खाद्यन्नले


अविरल ढकाल
वैशाख १८, जुम्ला ।

जौ, गँहु हिउँदे बाली भित्राउनको लागि स्थानिय किसानलाई आजभोली चटारो भएको छ । मुगु जिल्लामा सबै भन्दा बढी लगाईने अन्नबाली भएकाले यसको उत्पादन समेत अन्यको तुलनामा बढी हुने गर्छ । यो बालीपाकेको समयमा दृश्यावलोकनका लागि पनि आनन्ददायक मानिन्छ ।

मुगुको दर्जन बढी बस्तीमा लगाइएको बाली भित्र्याउन किसानलाई भ्याई नभ्याई छ यतिखेर । कामको चटारोेले गाउँ घरमा स्थानीयहरु कम भेटिने गर्छन् । बिगतका बर्षहरुमा खडेरीको समस्याले पिरोल्ने गर्दथ्यो । यस बर्ष समयमा नै आकासे पानी परेकोले उत्पादन बढेको छ । जौ, गहुँ, फापर, कादो, कागुनो, चिनो, स्थानीय रैथाने बालीमा पर्छन् । पछिल्लो समयमा खाद्य संस्थानको चामल प्रयोग गर्ने संख्या बढेपनि आफुले नियमित परम्परागत खेतीलाई निरन्तरता भने दिएको छाँयानाथ रारा नगरपालिका ५ कार्कीबाडाकी जयपुरा कामीले बताईन् ।

गतवर्ष मुगु जिल्लाको कृषियो ग्यजमिन १८ हजार, ४ सय, २१ हेक्टर मध्ये जौँ ११ सय ४० हेक्टरमा लगाउँदा ३ सय ८० मेट्रिकटन उत्पादन भएको थियो भने गहुँ उत्पादन क्षेत्र १६ सय ५० हेक्टरमा १ हजार १७ मेट्रिकटन मात्र उत्पादन भएको थियो । यस वर्ष भने आकाशे पानी समय मै परेकोले पनि उत्पादन बढ्न सक्ने जिल्ला कृषि विकास कार्यालय मुगले अनुमानगरेको छ ।

स्थानिय स्तरमा उत्पादन भएको खाद्यन्न जौ गहुँले मुगुवासीलाई २ देखि ३ महिना सम्म आत्मनिर्भर बनाउँछ भने कार्तिक महिनामा उत्पादित अन्नबाली कोदो, मकै, धान, सिमीले ४ देखि ५ महिना सम्मधान्ने गरेको छ । बाँकी महिनाका लागि भने मुगुवासी नेपाल सरकारले उपलब्ध गराउने अनुदानको चामलमा भरपर्नु पर्ने बाध्यता विद्यमान छ ।