बेरोजगारका लागि सिप सिक्ने माध्यम तालिम


सुर्खेत, ७ असार । घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय सुर्खेत जिल्लामा रहेका बेरोजगार युवायुवतीलाई सिपमुलक तालिम सिकाउने माध्यम बनेको छ । ढाका बुन्ने, झोला बनाउने, कम्प्युटर मर्मत, कम्प्युटर हार्डवयर, व्यूटीपार्लर जस्ता सिपमुलक तालिम बेरोजगारका लागि सिप सिक्ने माध्यम बनेका हुन् ।

सिलाई, छापाखाना व्यवसाय, मोटरसाइकल, गाडीहरु मर्मतको सिपमुलक तालिम धेरै नै बढावा पाएको घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय सुर्खेतका वरिष्ठ निर्देशक विनोद देव पन्तले जानकारी दिए ।

सिपमुलक तालिम मध्ये सिलाई तालिमको सुर्खेतमा सबैभन्दा बढी विकास भएको वरिष्ठ निर्देशक पन्तले बताए । उनले सुर्खेतमा खाली भएर बसेका महिलाहरुले सिपमुलक तालिम लगेर धेरैले आम्दानी गरेको बताउँछन् । उनी भन्छन्, ‘बेरोजगार युवायुवतीहरुलाई ढाका, झोला, कम्प्युटर मर्मत, कम्प्यूटर हार्डवयर, व्यूटीपार्लर जस्ता सिपमुलक तालिमहरु दिने गर्छौ ।’

वरिष्ठ पन्त भन्छन ‘व्यक्तिगत अथवा संस्थागतबाट जिल्लामा रोजगारीमुलक तालिमको धेरै माग आयो भने पनि पुरा गर्छाै ।’ उनले कतिपय युवाहरुले तालिम लिएर विदेशमा गएर सदुपयोग गरेको बताउँछन् ।

जिल्लामा धेरै युवायुवतीहरुलाई सिपमुलक विकासका तालिमहरु दिएर उद्योग विकासमा आकर्षित गराउन सकिने वरिष्ठ निर्देशक पन्तले बताए । उनले जिल्लामा घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय सुर्खेतले धेरै जनालाई सिपमुलक तालिम दिएर रोजगार दिलाएको जानकारी दिए ।

सिपमुलक तालिम सिकाइ सकेपछि उद्योग सञ्चालन गर्दा कतिपयले आफ्नो लगानी उठाउन नसक्दा समस्या पर्ने गरेको वरिष्ठ निर्देशक पन्तले जानकारी दिए । उनले जिल्लामा सबै भन्दा बढी सिपमुलक तालिममा सिलाई माग पनि धेरै र रोजगार पनि धेरै पाइएको बताए ।

पछिल्लो समयमा सुर्खेतमा फेशनले गर्दा सिलाईको माग बढ्दै गइरहेको वरिष्ठ निर्देशक पन्तले बताए । उनले भने, ‘सिपमुलक तालिम सिकेर विदेश गएका कतिपय युवाहरुका लागि तालिम पैसा कमाउने माध्यम भएको बताए । उनले सिपमुलक तालिम सिकेर उद्योग सञ्चालन गर्न नसकेका युवाहरु बाहिर देशमा गएर पनि काम गरेको बताए ।

उद्योग सञ्चालनका लागि सिपमुलक तालिम प्राप्त भएपनि बैंकमा कर्जा सहज रुपले पाउन नसक्दा प्रोत्साहन नमिलेको निर्देशक पन्त बताउँछन् । उनी भन्छन, ‘आफैसँग पूँजी छ भने साना उद्योगलाई लगानी गर्न सकिन्छ र पूँजी नभएको अवस्थामा लगानीका लागि बैंकहरुले नपत्याउने खालको परिस्थिति समस्या हुने गरेको छ ।’

घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय सुर्खेत २ हजार ३ सय भन्दा बढी साना उद्योग दर्ता भएको र ती मध्ये उत्पादनमुलक, पर्यटन व्यवसाय, डेरी उद्योग, निर्माण उद्योग र सेवामूलक उद्योग रहेको कार्यालयले जनाएको छ ।

साभारः खबरइरा अनलाइन