राहत सामाग्री लिएर मुख्यमन्त्री शाही पलाँता प्रस्थान


९ पौष, सुर्खेत । कालिकोटको पलाँता गाँउपालिकाका अग्नीपिडितहरुको लागि राहत तथा खाद्यान्न सामाग्री लिएर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाही कालिकोटका साँसदहरु सहित पलाता प्रस्थान गर्नुभएको छ ।

राष्ट्रियसभा सदस्य जीवन वुढा, प्रतिनिधिसभा सदस्य दुर्गवहादुर रावत र प्रदेश सभा सदस्य कुर्मराज शाही सहित मुख्यमन्त्री शाही राहत सामाग्रि लिएर पलाता गाँउपालिकाको वडा नं. १ स्थीत न्यौपानेवाडा पुग्नुभएको हो ।

मुख्यमन्त्री शाहीको टोली प्रदेश सरकारको तर्फवाट तत्कालीन राहत स्वतरु नगद २० हजार, व्ल्याङ्केट १०० थान, पिफम ५ वण्डल, सिरक डसना १०० थान, चाउचाउ १५ पेटी, विस्कुट ६ पेटी, चिउरा ३ वोरा फुरनदाना २३ किलो र गृहमन्त्रालयको तर्फवाट त्रिपाल ६० थान, जुत्ता १०० थान, ज्याकेट १०० थान, ट्राउजर १०० थान र व्ल्याङ्केट २०० थान लिएर नेपाली सेनाको हेलीकोप्टर मार्फत अग्नीपिडित क्षेत्र पुगेको हो ।

केन्द्र सरकारको तर्फवाट सदरमुकाम मान्मावाट ३००० किलो चामल सहित दाल, नुन तेल लगायतको खाद्यान्न सामाग्री अग्नीपिडितलाई उपलब्ध गराउने कार्यक्रम रहेको छ ।