
१२ चैत्र, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका ९ नं. वडा कार्यालय सुर्खेतले आर्थिक बर्ष ०७८/७९ बार्षिक स्वीकृत कार्यक्रम अन्तरगत ३ वटा कार्यक्रम गरेको छ ।
वडा कार्यालयले आफ्ना वडामा रहेका दलित समुदायका घरपरिवारलाई उन्नत जातका कुखुराका चल्लाहरु वितरण गरेको हो । त्यस्तै वडामा रहेका ३५ वडा टोलहरुबाट १/१ छात्र,छात्राहरुलाई कम्प्यूटर तथा लोकसेवा आयोग तयारी कक्षाको शुभारम्भ गरेको हो ।
कार्यक्रमको शुभारम्भ गर्दै ९ नं. वडाका वडा अध्यक्ष सुरेश मानन्धरले शिक्षा भन्दा ठूलो अरु केही नभएकोले आफ्ना वडामा रहेका यूवाहरुकालागि कम्प्यूटर र लोकसेवा आयोग तयारी कक्षा यस बर्ष पनि सञ्चालन गरेको बताउनुभयो ।
यस्तै वडाले आजै नै वडामा शारिरिक व्याम क्लवको पनि शुभारम्भ गरेको छ । क्लवको शुभारम्भ गर्दै कर्णाली प्रदेश खेलकूद विकास समितिका कार्यालय प्रमुख विरोधविक्रम जिसीले मानिस स्वस्थ हुनकालागि खेलकूद निकै नै आवश्यक कुरा भएको बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष मानन्धरले टोलका यूवाहरु कोहीपनि कुलतमा नफसुन शारिरिक व्याममा लागेर स्वस्थ रहुन भन्ने उदेश्यले जिम क्लवको शुभारम्भ गरेको बताउनुभयो ।
कार्यक्रममा शिवविहार पुस्तकालयका उपाध्यक्ष सरोज श्रेष्ठको उपस्थिति रहेको थियो ।




Prawash Kumar Shakya । १३ चैत्र २०७८, आईतवार १९:५९ बजे