चन्द्र राजीलाई सहयोग जुट्न शुरु


२० असार, सुर्खेत । ओष्टेओमाईटिस (हड्डी पाक्ने) रोगबाट ग्रसित भइ जीवन मरणको दोसाँधमा पुग्नु भएका १५ बर्षिय चन्द्र राजीको उपचारकोलागि सहयोग जुट्न शुरु भएको छ ।

हिजो असार १९ गते विभिन्न सञ्चारमाध्यमा राजीको बारेमा समाचार प्रकाशित भएदेखि सहयोग रकम जुट्न शुरु भएको राजी शाल्म समाजका सचिव अशोक राजीले जानकारी दिनुभयो ।

सहयोगका क्रममा आज समाजसेवी मुकुन्द श्याम गिरीले १० हजार तथा यूवा व्यावसायी पवन गिरीले ५ हजार सहयोग गर्नुभएको सचिव राजीले बताउनुभयो । उहाँले भन्नुभयो । “अन्य दाताहरुले पनि सहयोग गर्ने बचन दिनुभएको छ । आशा छ चन्द्रको उपचारमा धेरै सहयोग हुनेछ ।”

चन्द्र राजीको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा करिब २ हप्तादेखि दुबै खुट्टा पाकेको अवस्थतामा आइसीयुमा उपचार भैरहेको र अस्पतालले उपचारको लागि आइसोलेसन वार्ड तथा खानाको व्यवस्था अस्पतालले आफैले गरेको अस्पताल निर्देशक डा डम्बर खड्काको जानकारी दिनुभयो । साना अप्रेसनहरु दुईवटा गरिसकेको र यसको औषधीहरु महङ्गो पर्ने र पुरै उपचार गर्न अस्पतालले धान्न नसक्ने भएकोले यदि चाडैँ आर्थिकको व्यवस्था भएमा आइसोलेसनमा राखेर उपचार गर्न दुई महिनाजति समय लाग्ने अस्पतालले जनाएको छ ।

चन्द्र राजीलाई सहयोगीमनहरुले राष्ट्रिय बाणिज्य बैक सुर्खेतको चल्ती खाता नम्बर ८४६६ सहयोग जम्मा गर्न सकिने छ ।

यो पनि पढ्नुस १५ बर्षका चन्द्र राजी ओस्टेओेमाईटिस रोगसंग लड्न सहयोगकालागि अपिल गर्दै