आगलागी बाट १९ घर जलेर नष्ट


अविरल ढकाल
जुम्ला वैशाख २०,
जिल्लाको पुर्वि करान भेगमा पर्ने मुगुम कार्मारोङ्ग गाउँपालिका-४ क्रि्री गाउँमा आगलागि हुँदा १९ घर जलेर पूर्ण रुपमा नष्ट भएका छन ।

बिहिबार बिहान ९ बजे मुगु कार्मारोङ्ग गाँउपालिका-४ का वडाध्यक्ष छिरिङ्ग टासी लामाको घरबाट सुरु भएको आगो गाउँभरी फैलिँदा उन्नाईस घर जलेर ध्वस्त भएको स्थानीय पेमा ठिल्ने लामाले बताउनुभएको हो । आगलागी दिउँसो ३ बजेमात्र नियन्त्रणमा आएको स्थानीयले जानकारी दिएका छन ।

घटनास्थल देखि ३ घण्टा टाढा पुलु प्रहरी चौकिबाट ११ बजे मात्र प्रहरी घटनास्थल पुगेको थियो ।

आगलागी हुँदा मुगु कार्मारोङ्ग गाँउपालिका ४ का छिरिङ्ग टासी लामा, फोन्जोक लामा, आङ्गडाक लामा, हिस्से लामा, पेमा लामा, पेम्बा लामा, अङ्गजु लामा, जिग्मे लामा, तोर्चे लामा, पासाङ्ग लामा, फुर्वा लामा, धावा लुण्डुप लामा, कार्मा छेवाङ्ग लामा, सोनाम आङ्गडु लामा, ग्याल्बो लामा, अङ्गजक लामा,जिक्टोल लामा,गारा छिरिङ्ग लामा र एक जनाको नाम खुल्न नसकेको गरी १९ जना घर जलेर ध्वस्त भएका छन् ।

आगलागी हुदाँ घरको कुनै किसिमको सामान बाहिर ल्याउन नपाउँदा १९ घरका १ सय भन्दा बढी परिवारको बिचल्ली भएको पीडितका आफन्त गुरु स्याग्याप लामाले बताउनुभयो । घटनास्थल सदरमुकाम गमगढीबाट एकदिन टाढा भएको र उक्त स्थानमा सञ्चार सर्म्पक नहुँदा के कति क्षति भयो भन्ने बारे जानकारी नआएको भएपनि प्रहरी घटनास्थलमा छ ।

तत्काल राहतका र उद्दार लागि प्रदेश सरकार गृह मन्त्रालयसँग समन्वय गरिरहेको र नेपाली सेनाको हेलिकप्टर मार्फत राहत र दैविप्रकोप तालिम प्राप्त नेपाली सेना लाई परिचालन गरी पीडितको उद्दार गर्न नेपाली सेनासँग समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी उमा कान्त अधिकारीले बताउनुभयो ।