३ महिने सिलाई कटाई तालिम सम्पन्न


downloadसुर्खेत, ५ असार । महिलालाई आत्मनिर्भर वनाउने उदेश्यले संचालन गरिएको ३ महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ । वीरेन्द्रनगर नगरपालिका वडा न ३ को महिला लक्षित बजेटवाट १५ जना महिलालाई सिलाई कटाई तालिम दिइएको हो ।

गत वर्षको चैत्र ५ गतेवाट संचालन भएको तालिममा बसन्ती रजवारले प्रशिक्षण दिनु भएको छ । महिलालाई आफनो खुट्टामा आफै उभिनको लागि सहयोग गर्ने उदेश्यले सिलाई कटाई सम्वन्धी तालिम दिएको कार्यक्रमका संयोजक सरस्वती गौतमले वताउनु भयो ।

तालिम संचालनको लागि नगरपालिकाले १ लाख ३३ हजार रुपैयामा सहयोग गरेकोमा सवै रकम तामिममै सकिएको पनि उहाँले वताउनु भयो । तालिम समापन कार्यक्रमका सहभागीले तालिमले महिलालाई आत्मनिर्भर वनाउने विश्वास व्यक्त गरेका छन ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रतिनिधी ज्योति केसी, जनहित सहकारीका अध्यक्ष हरिहरनाथ योगी, अग्रज पत्रकार लिलाधर गौतम, जनजागरण सामुदायिक वनमा अध्यक्ष कृष्ण गौतम, वडा नागरिक मञ्चका उपाध्यक्ष चन्द्र तिवारी, समाजसेवी तुलाराम तिवारी, एमालेका प्रतिनिधी नवराज कँडेल, तुल्सी रावत लगायतले आफनो भनाई राख्नु भएको छ ।

साभारः राराखबर अनलाइन