
बैशाख,२६ । सशस्त्र प्रहरी सीमा कार्यालय रुपन्देहीले अवैधरुपमा नेपाल भित्राइएको ४ लाख रुपैया बराबरको सामान बरामद गरको छ । भारतबाट अवैध रुपमा नेपाल भित्राईएको ती सामान सशस्त्र प्रहरीले विभिन्न समयमा बरामद गरेको हो ।
सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय रुपन्देहीका निमित्त प्रमुख डीएसपी दर्शन गिरीका अनुशार, बरामद गरिएका सामानमा कुर्ता सलवार, साडी, बिधुतीय सामान चिनी मरिचलगायत छन् । ती सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय रुपन्देही बुझाइएको डीयसपी गिरीले बताए ।
उनले अवैध रुपमा सामान भित्रिन नदिन सशस्त्र प्रहरीले सक्रियता बढाएको पनि बताए ।
साभारःराजधानी ।



Milan Shrestha । २६ बैशाख २०७५, बुधबार १७:४३ बजे