ट्रकको ठक्करबाट छिन्चुमा युवतीको ज्यान गयो


अशोक राजी
२० बैशाख सुर्खेत
ट्रकको ठक्करबाट सुर्खेतको साविक छिन्चुस्थित तालबारीका एक युवतीको ज्यान गएको छ । नेपालगञ्ज देखि सुर्खेत आउँदै गरेको लु... ७९५९ नम्बरको ट्रकको ठक्करबाट २४ बर्षिया सरिता बुढाको ज्यान गएको ट्राफिक प्रहरी चन्द्र घर्तिले जानकारी दिनुभयो । सामान्य मानसिक सन्तुलन गुमाएका बुढाको ट्रकले ठक्कर दिने वित्तिकै घटनास्थलमै ज्यान गएको उहाँले बताउनुभयो । अहिले लाशलाइ पोष्टमार्टमका लागि क्षेत्रीय अस्पताल कालागाँउ सुर्खेतमा ल्याइएको र चालक दाङ सतवरियाका २८ बर्षका डिल्लीराम चौधरी र ट्रकलाइ इलाका प्रहरी कार्यालय छिन्चुमा राखिएको ट्राफिक प्रहरी घर्तिले जानकारी दिनुभयो ।