गणेशजलको वार्षिक उत्सव विशेषः १० जनाले गरे रक्तदान


सुर्खेत, ०३ जेठ । गणेशजल वहुउद्देश्यीय सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर ३ सुर्खेतका शेयर सदस्यहरुले जोखिममा परेका विरामीलाई सहयोग गर्नका लागि रक्तदान गरेका छन् ।संस्थाको एघारौँ वार्षिक उत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्र्तगत तेस्रो दिन शेयर सदस्यहरुले रक्तदान गरेका हुन् ।

संस्थाका अध्यक्ष प्रेमकुमार विसीकाअनुसार १० जनाले रक्तदान गरेका छन् । रक्तदानमा सहभागि भएका शेयर सदस्यहरुले आफूहरुले दान गरेको रगतले कसैको जीवन बाँच्नेमा आशा गरेका छन्।यसअघि दुई दिनसम्म गरी आफ्ना दुई सय १३ जना शेयर सदस्यहरुको निःशुल्क मधुमेह परिक्षण गरिएको थियो ।

जेठ सात गते मनाइने संस्थाको एघारौं वार्षिक उत्सव समारोह भन्दा पहिला अन्य रचनात्मक क्रियाकलापहरु गरिएको हो ।आफ्नो मन्तव्यका क्रममा कार्यक्रमका प्रमुख अतिथि वीरेन्द्रनगर ३ का वडा अध्यक्ष भुपेन्द्र खत्रीले गणेशजलले रचनात्मक कार्य गरी अरुलाई उदाहरण प्रस्तुत गरेको भन्दै प्रशंसा गरे ।

सप्ताहव्यापी कार्यक्रमअन्र्तगत अव भोली जेठ ४ गते विहान सात बजे एयरपोर्ट चोक नजिक निःशुल्क दन्त शिविर, जेठ ५ गते विहान ९ बजे नेपाल पत्रकार महासंघको सभाहलमा वक्तित्वकला प्रतियोगिता हुनेछ ।

संस्थाका सचिव असोक राजीकाअनुसार जेठ ६ गते कृर्षि व्यवसायिक केन्द्र घुस्रामा सहकारी शिक्षा तथा टोल भेला तथा अन्तरक्रिया कार्यक्रम र सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन जेठ ७ गते विहान ११ बजे जिल्ला समन्वय समितिको सभाहल सुर्खेतमा वार्षिक उत्सव समारोह गरिनेछ ।
साभारःनेपाल दर्शन ।