रोयल राइजिंग क्लब, मध्य–पश्चिम क्रिकेट क्लबद्धारा ८ विकेटले पराजितः केपिएल


तस्विरः बुलबुले खबर ।

जेठ,५ सुर्खेत । बन्धु विकास बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा यहि जेठ ३ गते देखि कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा जारी भएको रुस्लान कर्णाली प्रिमियर लिग अन्तर्गत छैठौ खेलमा मध्य–पश्चिम क्रिकेट क्लबले रोयल राइजिंग क्लबलाई ८ विकेटले पराजित गर्दै पहिलो जित हातग पारेको छ ।

टस हारेर ब्याटिंगको निम्तो पाएको रोयल राइजिंग क्रिकेट क्लबले १८.५ ओभरमा सम्पूर्ण विकेट गुमाई ८७ रन मात्रै बनाएको थियो जसमा मध्य–पश्चिम क्रिकेट क्लबका बलर दिपेन्द्र रावत एक्लैले ४ विकेट हात पारी ४ ओभरमा १५ रन मात्र खर्चिए भने सुनिल सुनारले ३ विकेट तथा भिम धमलाले २ विकेट आफ्नो नाम गरे।
रोयलको लागि ओपनिंग ब्याटिंग गरेका प्रकाश जैसीले सर्वाधिक ३० रन योगदान दिए भने खुसिराम बिकले १६ तथा दिवान पुनले १३ रन बनाए।
८८ रनको लक्ष्य मध्य–पश्चिमले ९ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो। जितमा ओपनर मनोज सुनारले अविजित अर्धशतक बनाउनमा २४ बलमा ५ छक्का र ४ चौका प्रहार गरी ५३ रन बनाएका थिए । यस्तै कप्तान शुबेन्दु पाण्डे र राजबिर सिंहले समान १४ रन बनाए।
दिनको दोश्रो खेल एबिसी स्पोर्ट्स क्लब र धनगढी क्रिकेट एकेडेमी बीच हुनेछ भने तेश्रो खेल रुपन्देही ११ र त्रिभुवन आर्मी क्लब बीच खेलिनेछ ।

खेलको म्यान अफ द म्याच दिपेन्द्र रावत चुनिए।