“Hero women’s gold cup” नेपालले हरायो इरानलाई


१ फागुन । भारतको उडिसामा जारी “Hero women’s gold cup” फुटबल प्रतियोगितामा नेपालले इरानलाई ३ गोलले पराजित गरेको छ ।

खेलको ४१औं मिनेटमा अनिता बस्नेतले नेपालकालागि पहिलो गोल गर्नुभएको थियो । त्यस्तै नेपालकालागि चर्चित स्टाइकर सावित्रा भण्डारीले ५९ औं र ८९औं मिनेट गरि २ गोल गर्नुभएको थियो ।

फिफा बरियतामा आफु भन्दा ४८ औं स्थान माथि रहेको इरानलाई नेपालले ३-० ले पराजित गरेको हो । सावित्राले यसअघि भारत विरुद्धको खेलमा समेत उत्कृष्ट प्रदर्शन गर्दै २ गोल गर्नुभएको थियो । जितसँगै नेपालले ३ खेलमा २ जित र १ हारसँगै ६ अंक जोडेको छ। नेपाल पहिलाे खेलमा म्यानमारसँग पराजित भएकाे थियाे।