माल्दिभ्सविरुद्ध नवयुगको हृयाट्रिक, नेपाल बङबन्धु कपको फाइनलमा



माघ, काठमाडौं । नवयुग श्रेष्ठको हृयाट्रिकको मदतमा माल्दिभ्सविरुद्ध शानदार जित हात पार्दै नेपाल बंगबन्धु कप फुटबलको फाइनलमा पुगेको छ ।
मंगलबार भएको खेलमा नेपालले माल्दिभ्समाथि ४-१ गोल अन्तरको जित हात पारेको हो । माल्दिभ्सविरुद्ध नेपालले सन् १९९९ पछि पहिलो पटक जित हात पारेको हो ।
ढाकामा भएको खेलमा नेपालले ३१ औं मिनेटमा नवयुग श्रेष्ठको गोलबाट अग्रता लिउको थियो । विमल घर्ती मगरको प्रहार बारमा लागेर फर्किर्एको बलमा नवयुगले गोल गरेका हुन् ।
उनको यो पहिलो अन्तराष्ट्रिय गोल समेत हो । पहिलो हाफको अन्तिमतिर गोलरक्षक विकेश कुथूले उत्कृष्ट बचाउ गर्दै नेपालको अग्रता कायमै राखे ।
दोस्रो हाफमा नेपालले आफ्नो शानदार प्रदर्शन कायमै राख्यो । ५३ औं मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए ।
साभारः अनलाइन खबर