
बिस्नप्रसाद न्यौपाने
कालिकोट जेष्ठ २ गते ।
जिल्ला प्रशासन कार्यालय कालिकोटले जिल्लाबाट प्रदान गरीने सरकारी सेवा गाँउ गाँउमा गएर दिने अभियान थालेको छ । गाँउबाट स्थानिय नागरिकहरु जिल्लामा आएर सेवा लिदा भोग्नु पर्ने समस्यालाई मध्य नजर गर्दै प्रशासनले गाँउमा गएर नागरिकहरुको घरदैैलोमै सरकारी सेवा दिने अभियान थालेको हो ।
मंगलबार र बुधबार मात्र जिल्लाको तिलागुफा नगरपालिकाको चिल्खायामा संचालन भएको एकिकृत घुम्ती शिविरबाट १ सय ३१ जनालाई ननागरिकताको प्रमाणपत्र बितरण गरेको छ । प्रमूख जिल्ला अधिकारी चन्द्रनाथ गौतमको नेतृत्वमा मंगलबार र बुधबार गरी दुई दिनसम्म संचालन भएको उक्त शिबिरमा जिल्लाका १० वटा सरकारी कार्यालयहरुले सेवा प्रदान गरेको सहायक प्रमूख जिल्ला अधिकारी राजकुमार दुलाले जानकारी दिए । उनका अनुसार उक्त शिविरमा २ जना नावालकले नावालक परिचयपत्र पनि लिएका छन् ।
जिल्ला स्तरका १० वटा सरकारी कार्यालयहरु सयुक्त रुपमा नागरिकको घर दैलोमा सार्बजानिक सेवा दिने उद्देश्यले आयोजना गरिएको शिविरमा जिल्ला स्वास्थ्य कार्यालयबाट ३ सय ५० जना बिरामीहरुको उपचार तथा ५ सय जनाललाई परामर्श सेवा दिईएको छ । यस्तै जिल्ला प्रहरी कार्यालयले कक्षा ६ देखी १० सम्म अध्ययनरत बिद्यार्थीहरुलाई महिला हिंसा न्यूनिकरण तथा सामाजिक अपराध नियन्त्रण सम्बन्धि सचेतना दिएको छ ।
सहायक प्रमूख जिल्ला अधिकारी दुलालका अनुसार जिल्ला कृषि कार्यालयले १ सय ५ जनालाई बिभिन्न जातको बिउबिजन तथा परामर्श सेवा, जिल्ला वन कार्यालयबाट ३ सय २५ जनालाई वनजंगगल संरक्षण सम्बन्धि परामर्श तथा पर्चा बितरण गरिएको छ । यस्तै जिल्ला पशु सेवा कार्यालयबाट १ हजार ४४ पशुहरुको जाँच तथा औषधि बितरण, १ सय ५ जनालाई घाँसको बिउ बितरण गगरिएको छ । महिला तथा बालबालिका कार्यालयबाट १० जनालाई अपाँगता पपरीचयपत्र बितरण्ण, जिल्ला आयुबेर्द स्वास्थ्य केन्द्रबाट १ सय २५ जनालाई औषधि तथा परामर्श सेवा, घरेलु तथा साना उद्योग बिकास समितिबाट ७ वटा व्यवसाय दर्ता तथा १२ जनालाई परामर्श सेवा, जिल्ला हुललाक कार्यालयबाट १ सय ९० थान टिकट बितरण गरिएको बताईएको छ ।



Milan Shrestha । २ जेष्ठ २०७५, बुधबार ०२:२६ बजे