विषेश गजल वाचन सम्पन्न, आगो बलेको प्रतिक्रिया


बैसाख ६, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय साहित्य समाज सुर्खेतद्वारा आयोजित काव्य शृङ्खला ’ख’ अन्तरगत बिशेष गजल बाचन कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।

गजलकार खगेन्द्र अटल, संगिता थापा, भरत प्रमोद दाहाल र ईश्वर दाहालका गजलहरुले सहभागीहरुको मन जीतेका छन् । कर्णाली प्रदेशका संघिय मामिला तथा कानून मन्त्री नरेश भण्डारीको प्रमूख आतिथ्यतामा सम्पन्न बिशेष गजल बाचनमा गजलकारहरुले देश दुखेका, राजनीति बेइमानी, सामाजिक संस्कार, अमर प्रेम लगायतका बिभिन्न बिषयमा केन्द्रित गजलका हरेक शेरहरुले वाह…. वाह…. को बर्षा गराएकाछन् ।

गजलकार पहल असिमको गजलमय प्रस्तुतीमा सञ्चालित बिशेष गजल वाचनका चार श्रष्टाका बारेमा गजलका महेन्द्र चन्द महासागरले मन खोलेरै परिचित गराएका थिए ।

तिन चरणमा वाचन गरिएका गजलहरु श्रवण गरेपछि सहभागीहरुले गजल मार्फत आगो बालेको प्रतिक्रिया दिएका थिए ।