नेपाल समाजशास्त्रीय संघ को तदर्थ समिती गठन


१३ असोज, सुर्खेत । कर्णाली प्रदेशमा समाजशास्त्रीहरुको छाता संस्था नेपाल समाजशास्त्रीय संघ को तदर्थ समिती गठन गरिएको छ ।

संघका केन्द्रिय सचिव एवम् कर्णाली प्रदेश इन्चार्ज नरेन्द्र आरसीको उपस्थिति र मानबिकी र सामाजिकशास्त्र केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख तेजबिक्रम बस्नेतको प्रमुख आतिथ्यतामा तदर्थ समिति गठन गरिएको हो ।

आज वीरेन्द्रनगरमा सम्पन्न भेलाले समितिको संयोजकमा मध्यपश्चिमान्चल विश्वविद्यालय समाजशास्त्र विभागका प्रमुख वेदप्रकाश ढकाल लाई छनोट गरेको छ । सात सदस्यीय तदर्थ समितिका सदस्यहरुमा ओम प्रकाश थापा, सूर्यनाथ योगी, सीता वली, नीरा भट्टराई, टेक बहादुर शाही र हरि बहादुर सिंह रहनुभएको छ ।