सोह् वर्षे किशोरीले जन्माइन तिम्ल्याहा बच्चा


जुम्ला, जेठ । पातारासी–२ तल्फीगाउँकी १६ वर्षीया किशोरी सङ्गीता बोहोराले तीन शिशु जन्माएकी छिन् ।

उनले विहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ती शिशु जन्माएकी हुन् । पहिलो १ हजार ४ सय ग्राम, दोस्रो ८ सय ५० ग्राम र तेस्रो शिशु एक हजार चारसय ग्रामको जन्मिएको अस्पतालले जनाएको छ ।

पहिलो र दोस्रो शिशु जीवितै अवस्थामा तथा तेस्रो सन्तान छोरी भने मृतावस्थामा जन्मिएका हुन् । आमाको स्वास्थ्यवस्था भने सामान्य रहेको बताइएको छ ।

साभारः नेपालीपत्र अनलाइन