२१ जेठ, सुर्खेत । भोली जेठ २२ गते मुस्लिम धर्मावलम्बीको विशेष पर्व ‘इद उल फित्र’को अवसरमा सरकारले सार्वजनिक बिदाको घोषणा गरेको छ।
मन्त्रिपरिषद् बैठकले यसअघि नै इद उल फित्रको दिन सार्वजनिक बिदा दिने निर्णय गरे पनि गृह मन्त्रालयले आज साँझ मंगलबार विज्ञप्ति जारी गर्दै बुधबारका लागि बिदा दिएको हो ।
चन्द्रमाको अवलोकनपछि मात्र इद मनाउने दिन निश्चित हुने भएकाले बिहीबारका लागि तोकिएको बिदा अनिश्चित भएकोले आज मंगलबार गृह मन्त्रालयले विज्ञप्ति प्रकाशित गर्दै बुधबारकोलागि बिदा निश्चित भएको औपचारिक जानकारी विज्ञप्ती मार्फत गराएको हो।




Milan Shrestha । २१ जेष्ठ २०७६, मंगलवार २२:०८ बजे