
कर्णाली प्रदेशका सहकारीसंग समन्वय गरि ठुला व्यवसाय सञ्चालन गरिने सुर्खेत लगायत कर्णाली क्षेत्रका सहकारीहरुसंग समन्वय गरि आम युवायुवतीहरुलाई स्वरोजगार बनाइने भुमि व्यवस्था कृर्षि तथा सहकारी मन्त्रि विमला के.सी.ले प्रतिवद्धता जनाउनुभएको छ । राज्यले गर्न नसकेका कामहरु सहकारीले गर्दै आएकाले हालसम्म पनि आम युवायुवतिहरुले रोजगारी पाइरहेकाले अझ यस क्षेत्रका सहकारीहरुसंग समन्वय गरि काम गर्ने उहाँले बताउनुभएको हो ।
गणेशजलको बहुउदेश्यीय सहकारी संस्था लि. सुर्खेतको ११ औ स्थापना दिवसका अवसरमा भुमि व्यवस्था कृर्षि तथा सहकारी मन्त्री के.सी.ले सहकारी मार्फत विभिन्न ठुला व्यवसाय सञ्चालन गरि स्वरोजगारलाइ विशेष पहल गरिने जानकारी गराउनुभयो । कर्णाली प्रदेशका विभिन्न सहकारीहरुसंग छलफल गर्दै सहकारीका मापदण्डहरु अनुसार सञ्चालन भएका सहकारीहरुलाइ सम्मान गरिने र नियम विपरित भएका सहकारीहरुलाई कार्वाहिको दायरामासेत ल्याइने मन्त्री के.सी.को भनाइ छ । खास सहकारीको ले गर्नुपर्ने काम गणेशजलले सञ्चालन गरिको पाइयो यस्ता सहकारी संग प्रदेश सरकार समन्वय र सहकार्य गर्र्ने मन्त्री केसीले बताउनु भयो ।
एक फरक प्रसंगमा संचालक समितिलाई अनुरोध गदै सहकारीले नयां मोडेलमा सदस्यलाई उत्पादन तिर लगाउनु पर्ने र आफ्ना सदस्यका चाहना अनुसार काम गरिरहेकोमा खुशी व्यक्त गर्दै निरन्तर प्रगतीको शुभकामना व्यक्त गरिन । त्यसैगरी कायक्रमका विशेष अतिथि राष्टिय सहकारी महासघ नेपालका संचालक पदम दाहालले कर्णाली प्रदेशमा सहकारीहरुले त्रचत तथा ऋण संचालन, लघुवित्त मात्र संचालन गरेर मात्र हुदैन उदश्य अनुसार सदस्यको सेवामा लाग्नुपर्ने र प्रदेश सरकारले सहकारीलाई विशेष महत्वका साथ हेर्नुपर्ने बताउनु भयो । साथै कर्णाली प्रदेश विविध विविधताको खानि भएकाले पर्यटन तिर पनि गणेशजलले सेवा संचालन शुरु गर्न लागेकोमा खुशि व्यक्त गर्नुका साथै ११ औ स्थापना दिवसको अवसरमा सफलताको शुभकामना गर्नुभयो ।
कार्यक्रमका अर्का विशेष अथिति जिल्ला सहकारी संघ सुर्खेतका अध्यक्ष अमृत वि.सीले सुर्खेत अव सुर्खेत सुर्खेतमात्र नभएकाले कर्णाली प्रदेशको राजधानि भएकाले राजधानि मा रहेका सहकारीहरु खास सहकारीको मुल्य मान्यतामा रहि उदारण पेश गर्नुपर्ने चुनौती रहकोले गणेशजलले यस कार्यमा लाग्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा अतिथि बचत तथा ऋण संघका अध्यक्ष कृण्ण भण्डारी, जिल्ला कृर्षि संघका अध्यक्ष पन्चकला रावतले संस्थालाई सफतलाको शुभकामना व्यक्त गर्नु भयो । कार्यक्रम संस्थाका अध्यक्ष प्रेमकुमार विसीले संस्थाको ११औ स्थापना दिवसको अवसरमा सप्ताहव्यापि कार्यक्रममा सहयोग गनर्ने सम्पुर्ण संचालक समिति, शेयर सदस्य, कर्मचारीलाई धन्यवाद दिदै गणेशजल सधै गणेशजलको पक्षमा काम गर्ने संस्था भएकाले सवैले आहाफ्नो स्थानवाट सहयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रम संस्थाका अध्यक्ष प्रेमकुमार विसीको सभापतित्वमा सम्पन्न भयो ।
कार्यक्रमको सहजिकरण संस्थाका सचिव अशोक राजि ले गर्नुभएको थियो ।



Milan Shrestha । ७ जेष्ठ २०७५, सोमबार ०६:०० बजे