सुर्खेत महिला जेसिजको अध्यक्षमा शाक्य चयन


२१ मंसीर, सुर्खेत । सुर्खेत महिला जेसिज बर्ष २०२०कालागि अध्यक्षमा प्रमी शाक्य चयन हुनभएको छ ।

आज वीरेन्द्रनगरमा सम्पन्न सुर्खेत महिला जेसिजको नवौं बार्षिक साधारण सभाले बर्ष २०२० कालागि शाक्यलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।

त्यस्तै सभाले कार्यकारिणी उपाध्यक्षमा क्रमशः लक्ष्मी गुरुङ्ग र पवित्रा गुरुङ्गलाई तथा उपाध्यक्षमा क्रमशः रञ्जना बुढा (रञ्जु), मिना गुरुङ्ग, सिता भण्डारी तथा गंगा रोकायलाई चयन गरेको बर्ष २०१९का अध्यक्ष सिया कार्की प्रधान (लक्ष्मी)ले बताउनुभयो ।

नवनिर्वाचित अध्यक्ष शाक्यले आफ्नो कार्यकालमा युवा पुस्ताकालागि व्यक्तित्व विकासकालागि “महिलालाई अधिकार देउ, देश अघी बढाउ” भन्ने नारालाई अगाडी लिएर विभिन्न कार्यहरु गरि बढ्ने बताउनुभयो ।