एकैदिन कोरोनाका १०१६ जना संक्रमित पुष्टी (भिडियो सहित)


२ भाद्र, सुर्खेत । देशभर आज सबैभन्दा धेरै कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टी भएको छ ।

पछिल्लो चौविस घण्टामा देशभर १ हजार १६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको हो । यो संक्रमण संख्या एकै दिन देखिएको अहिले सम्म कै सबैभन्दा बढी हो ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । त्यस्तै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय १४ पुगेको छ । यता कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा संक्रमित बढेपछिको निषेधाज्ञाको आज दोश्रो दिन पनि वीरेन्द्रनगर सुनसान रहेको छ ।

निषेधाज्ञाको उलंल्घन गर्नेलाई सुरक्षाकर्मीले केहीवेर नियन्त्रणमा छाड्ने गरेको छ । आज कर्णालीमा ६ जनामा संक्रमण पुष्टी भएको छ । नयाँ संक्रमितहरु दैलेखका ५ जना र रुकुमपश्चिमका १ जना रहेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ ।