स्थानिय तहमा आर्थीक हिनामिना बढ्दै गयो-लोकतान्त्रीक गठबन्धन


जेठ ८, कालीकोट ।

नेपाली कांग्रेस कालकोटले जिल्ला स्थित लोकतान्त्रिक गठबन्धनका नेताहरु सँग जनसरोकारका बिषयमा छलफल गरेको छ ।

आज सम्पन्न छलफलमा जिल्लाका जनसरोकारका बिषयमा गम्भीरता पुर्बक छलफल गर्दै आगामी दिनमा जनगुनासो अनुसार स्थानीय तहमा भएको व्यापक आर्थिक, भौतिक अनियमितता रोक्नका लागि सकारात्मक काममा सहयोग र गलत कामको बिरोधमा उत्रिने छलफलले निष्कर्ष निकालेको छ ।

सकारात्मक सुझावको पनि बेवास्ता गर्दै गए कानुनी बाटो समातेर अघि बढ्दै कालीकोटको आर्थिक समृद्धि र बिकास तर्फ हातेमालो गर्दै अघि बढ्ने छलफलले निष्कर्ष निकालेको नेपाली कांग्रेसका सहसचिव दमन शाहीले जानकारी दिनुभएको छ ।

छलफलमा नेपाल तरुण दलका महामन्त्रि भुपेन्द्रजंग शाही, कांग्रेस सभापति हर्ष बम, राप्रपा प्रजातान्त्रिक केन्द्रिय सदस्य दीपबहादुर शाही, राप्रपा प्रजातान्त्रिक केन्द्रिय सदस्य प्रेम शाही, राप्रपा प्रजातान्त्रिकका जिल्ला अध्यक्ष ऐनबहादुर शाही लगाएतका नेताहरुको सहभागीता रहेको जनाइएको छ ।