प्रदेश प्रमुख परियारद्वारा संविधान दिवस-२०८० को शुभकामना सन्देश व्यक्त


३ असोज, सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले ९औं राष्ट्रिय सम्विधान दिवस २०८० को शुभकामना सन्देश व्यक्त गर्नुभएको छ ।

प्रदेश प्रमुख परियारले एक विज्ञप्ती जारी गर्दै शुभकामना व्यक्त गर्नुभएको हो । विज्ञप्तीमा प्रदेश प्रमुख परियारले नेपालको इतिहासमा पहिलो पटक जनप्रतिधिले संविधानसभाबाट वि.स.२०७२ असोज ३ गते संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण गरी जारी गरिएको ऐतिहासीक उपलब्धीको सम्झना र सम्मान स्वरुप संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका कर्णाली प्रदेशवासी लगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरूमा सुख, शान्ति प्रगति र समृद्धिका साथै राष्ट्रिय एकता ,अखण्डता , सहकार्य एवं आपसी सद्भाव कायम हुन सकोस भनी हार्दिक शुभकामना व्यक्त गर्दछु । उल्लेख छ ।

झण्डै ७ दशक नेपाली जनताको एकता–संघर्ष–त्याग बलिदानबाट संघियता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशीता र गणतन्त्र प्राप्त ४ उपलब्धीको रक्षा, व्यवहारमा प्रयोग गर्दै सुशासन, सामाजिक न्याय र समुद्धिका लागी अघि बढन अपरिहार्य भएको छ । देशमा विद्यमान जाति, आदिवासी जनजाति, महिला, दलित,मधेशी, उपेक्षित क्षेत्रका जनसमुदाय लगायत जातिय, भाषिक, सांस्कृतिक विविधतामा एकता कायम गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गरी उन्नत र विकसित राष्ट्र निर्माण गर्न सबैमा जोश जागर र सद्भावना पलाओस यस दिवसले यहि सन्देश देओस भन्ने कामना गर्दछु । विज्ञप्तीमा उल्लेख छ ।