विद्यार्थीहरुमा अनौठो समस्या देखा पर्यो


१ असार, सुर्खेत । पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्बर २ काफलकोट स्थित जिवन ज्योती माध्यामिक विद्यालयमा अध्यनरत विद्यार्थिहरुमा अनौठो खालको समस्या देखिएको छ ।

एकहप्ता अघिदेखि विद्यार्थिहरुमा एक्कासी रुने , कराउने , काम्ने देखि बेहोस हुने समस्या देखिएको हो । यस्तो अनौठो समस्या देखिएपछि स्थानीय स्वास्थकर्मीहरुको टोलीले उपचार गरेपनि समस्या समाधान हुन सकेको वडा अध्यक्ष हरिबहादुर सिंह ठकुरीले जानकारी दिनुभयो ।

साथै स्थानीय धामी झार्कीहरुलाई समेत ल्याएर देखाएको सिंहले बताउनुभयो । यो समस्या छात्र, छात्रा दुवैमा देखिएको छ ।  ८ देखि १० कक्षासम्म पढ्ने विद्यार्थिहरुमा यो समस्या बढि देखिएको अध्यक्ष सिंहले बताउनुभयो । उनीहरु बेहोस भएको २ घण्टासम्म पनि अचेत हुने वडा अध्यक्ष सिंहले जानकारी दिनुभयो ।

विद्यार्थिहरुमा देखिएको यस्तो समस्या १ हप्तासम्म नरोकिएपछि आज विद्यालय व्यवस्थापन समितिको बैठक बसेर आवश्यक छलफल गरिरहेको विद्यालयका प्रधानध्यापक हरि नारायण यादवले जानकारी दिनुभयो ।

विद्यालय परिसरदेखि १÷२ किलोमिटर टाढा गएपछि विद्यार्थीहरुमा यो समस्या आफै हट्ने तर विद्यालय भित्र १ जनालाई शुरु भए सबैलाई एकैसाथ यस्तो समस्या देखिने प्रधानध्यापक यादवले बताउनुभयो ।