पुष्पलाल(मध्यपहाडी लोकमार्ग) मा कालोपत्रेको काम सुरु


timthumbसुर्खेत, १८ असार । पूर्व र पश्चिमका मध्य पहाडलाई सडक मार्गमा जोड्ने पुष्पलाल (मध्यपहाडी लोकमार्ग) अन्र्तगत अछाम खण्डमा कालोपत्रे गर्ने काम सुरु भएको छ । लोकमार्गको मंगलसेन वेलखेत सम्मको करिब ५० किलोमिटर सडक कालोपत्रे गर्ने काम सुरु गरिएको हो ।

अछाम वेलखेत अन्र्तगत करिब १ अर्बको लागतमा तीन वटा प्याकेजमा भएका ठेक्का मध्ये अछामको मंगलसेन देखि ठाँटीकाँध सम्मको साढे १८ किलोमिटर सडक कालोपत्रे गर्न यस्तै हप्ता देखि सुरु गरिएको इन्जिनियर तुलाराम शर्माले जानकारी दिए ।

अछाम खण्डमा मंगलसेन–ठाँटीकाँध, ठाँटीकाँध–विनायक र विनायक–वेलखेत गरी तीन वटा प्याकेजमा भएको ठेक्का मध्ये पहिलो प्याकेजको काम सुरु भएको र बाँकी दुई वटा प्याकेज पनि काम सुरु हुने तयारीमा रहेको इन्जिनियर शर्माले बताए ।

सडकको दुवै किनारा बाहेक ७ मिटर डिडिसटी स्तरको कालोपत्रे गरिने इन्जिनियर शर्माले बताए । उनले कालोपत्रेको काम ३६ महिनाभित्र पुरा गरिने बताएका छन् । वेलखेत अछाम र दैलेखको सिमानामा पर्ने कर्णाली नदी छेउ हो, कर्णाली नदीमा पक्की पुुल निर्माण भइसकेको छ ।

साभारः खबरइरा अनलाइन